नियम २५
लिखत दर्ता र दरपीठ
(१) अदालतमा दर्ता गर्न ल्याएको लिखत कानून बमोजिम दर्ता हुनेमा दर्ता किताबमा लिखत दर्ता गर्न ल्याउनेको सहीछाप गराई त्यसको दर्ता नं. र मिति जनाई दर्ता गर्न ल्याउने व्यक्तिलाई निस्सा दिनुपर्छ। तारिखमा रहने व्यक्तिलाई तारिख मात्र दिए हुन्छ।

७(२) रीत नपुगेकोमा प्रचलित कानून बमोजिम कुनै अवधि तोकेको भए सो अवधि भित्र र अवधि नतोकेको भए तीन दिन भित्र यो रीत पुच्याई ल्याउनु भनी लिखतको पहिलो पृष्ठमा लेखी रजिस्ट्रार वा निजले अधिकार सुम्पेको अधिकारीको दस्तखत र अदालतको छाप लगाई फिर्ता दिनु पर्नेछ।

(३) हदम्याद वा म्याद गुजारी दर्ता गर्न ल्याएको लिखत वा अदालतले हेर्न नपर्ने वा नहुने लिखत वा कानून विपरीत देखिएको लिखतको हकमा दर्ता गर्न नमिल्ने मनासिब

क । कारण भए लिखतको पहिलो पृष्ठको पछाडिपट्टिको शिरमा, “यो लिखत दरपीठ गरिएको छ” भन्ने सम्मको ब्यहोरा जनाई रजिस्ट्रारको दस्तखत र अदालतको छाप लगाई छुट्टै कागजमा दरपीठ गर्नुपर्ने आधार र कारण उल्लेख गरी सोमा समेत रजिस्ट्रारको दस्तखत र अदालतको छाप लगाई एकप्रति सम्बन्धित पक्षलाई फिर्ता दिनुपर्छ र त्यस्तो लिखतको एक प्रति अदालतमा राख्नु पर्छ।